Gaurav Tiwari

An Enthusiastic Software Engineer

Posted by : at

Category : Literature

बिहानै करिब ७ बजेको थियो , फोनको घण्टी बेजोडले बज्यो । अल्छि मान्दै फोन उठाए , अहिलेसम्म फोन न आएको नम्बर थियो यो । उताबाट आवाज आयो !

“गौरव ? “

आवाज केटीको थियो !

मैले “ हजुर म गौरव , हजुरलाइ चिन्न सकिन की?

उताबाट आवाज आयो “ म चादनी …… चादनी आचार्य “

अलिअलि भएको निद्रापनि खल्यातखुलुत भयो । नहोस पनि कसरी , १० बर्षपछि उस्को आवाज सुनेको थिए मैले । कहिल्यै नफर्किनि गरी छाडेर गएकी थिइ , चराले गुड छाडे जसरी ।

दिमागले त यो मान्छे सङ्ग नबोल भनिरहेथ्यो तर मन मा लाग्दै थियो कि कुनै बेला त आफुलाइ भन्दा धेरै माया गर्थि उ मलाइ । त्यो सम्झेर अल्लि झर्किदै सोधे,

” कहा बाट आयो इन्जिनियर म्याम लाइ आज यो पुरानो दुखी प्रेमीको याद?”

उ ठट्टा गर्दै बोली “ अब इन्जिनियर म्याम हैन डाक्टर भन डाक्टर मैले phD सकाइसके “

अनि उ नै बोल्न थाली “हाम्रो उहिल्यै phD गरिसक्या डाक्टर साबको हाल खबर के छ त ? “

म अचम्ममा परे अरे , “कसरी थाहा पायौ तिम्ले? “

उस्ले भनी “ खोज्यो भने यो सारा ब्रह्माण्ड बाहिरको कुरा त थाहा पाइन्छ , अझ तिमी त यहि पृथिवी मै छौ .”

उस्को कुरामा मन नलागी नलागी भए पनि हासे ।

अनि मैले भने “ १० बर्ष पछि चाहि कहाबाट आयो त याद? “

उस्ले भनि “ बिर्सेका कुराहरु पो याद गर्न पर्छ । सधै सम्झिरहने कुरा पनि याद गर्न पर्छ र ? “

उस्ले सम्झिरहने भन्दा कताकता खुसी लाग्यो तर वास्तविकता मा फर्किदा खुसि मान्न पर्ने चिज केहि बाकि थिएन !

उस्ले नै भनि “ America बाट कहिले फर्कियौ ? “ अझै म अचम्ममा परे ! कसरी थाहा छ हो यस्लाइ सब कुरा ? फेरि दोहोर्याएर सोधे तिम्लाइ कसरी थाहा छ हो यत्तिका कुरा ? उस्ले फेरि उहि उत्तर दिइ “ खोज्यो भने भगवान त भेटिन्छ “

उस्ले नै offer गरि आज साझ भेटम न अनि मैले भने “ पुरानी प्रेमिकालाइ म पुरानै हामी भेट्ने क्याफेमा भेट्छु “, यति नभन्दै उस्ले भनि म अब ready भएर 1 घण्टामा आइहाले । जहिले पनि मनै ढिलो गर्थे , आजपनि म नै ढिलो गरि आए Lovebirds cafe मा ।

मैले उस्लाइ १ दशक पछि भेटेको थिए , हामी छुट्टिने बेला २३ का थियौ । अहिले ३३ का छौ । फरक अङ्कमा मात्र भएको थियो । रुपमा र ब्याबहारमा उस्तै देखे मैले उस्लाइ । सेतो टप्समा निलो जिन्स लाएर आएकी थिइ उ । शास्त्रमा ब्याख्या गर्ने परि भन्दा कम राम्री भएर आएकी थिइन उ । साच्चिकै कुनै शब्दले पनि वर्णन गर्न सकिदैन थ्यो उस्को रुप ।

नजिकै आएर मुसुक्क हास्दै भनि “के छ डाक्टर गौरव ? मैले पनि मुसुक्क हास्दै “ ठिक छ डाक्टर चादनी , तिम्रो के छ ? “ भने । उस्ले हल्का सिरियस हुदै भनि “ के ठिक छ भनु गौरव , के ठिक छैन भनु ? “

मैले ठट्टा गर्दै भने “ डाक्टर म्यामलाइ गारो परेर मात्र पुरानो प्रेमीको याद आए जस्तो छ , पिर हटाउनलाइ के खान्छौ भन । “

उस्ले मुसुक्क मुस्कुराउदै “ तिम्लाइ जे ठिक लाग्छ त्यहि मगाउ भने “

मैले चिकेन चिल्ली , मसरुम पिज्जा र कफि मगाए अनि उस्लाइ सोधे के खाने ? उस्ले भनि “तिमीले जेजे मगायौ त्यसैले पुग्छ “

म मुसुक्क हासे ।

मैले कफिको चुस्की लिदै भने ‘यत्तिका बर्ष कहा हराएकि थियौ चादनी ? के मेरो ख्याल नै भएन ? के यतिका बर्ष खबर गर्नु जरुरि जस्तो लागेन ? तिम्लाइ मेरो अलिकति पनि माया लागेन? यि सब कुराहरुले दश बर्ष देखि उत्तर खोजिरहेछन चादनि । तिम्ले कल्पना समेत गर्न सक्दिनौ चादनि म कुन हालतबाट गुज्रीरहेको थिए । मर्न मात्र बाकि थियो चादनी म ! त्यस्तो बेलामा नि सम्झन जरुरी ठानेनौ है तिम्ले?

वातावरण सन्नाटा भयो । न उ बोल्न सकिरहेकी थिइ न म केहि अरु कुरा भन्न सकिरहेको थिए । बस , उ बोल्न खोज्दैथिइ अनि उ मेरा सारा प्रश्नहरुका जवाफ दिन थाली ।

“गौरव , “जरुर म तिम्रो चादनी बन्नु पर्ने थियो तर म तिम्रो जीवनमा औशिको रात बनेर गए । म तिम्रो जीन्दगीमा खुसिका किरणहरु ल्याउनु पर्थ्यो तर म दुखका बर्षात हरु मात्र ल्याइदिए । हो , म कुनै बेला स्वार्थी बनेकै हु । तर यस्को मतलब होइन कि म तिम्लाइ प्रेम नै गर्दिनथे । साच्चिकै म चादनी थिए भने तिमी आकाश रहेछौ गौरव । जब , म paper marriage गरेर Australia उडे । त्यो बेला मैले मेरो मात्र सोचे , तिम्रो बारेमा सोच्दै सोचिन । त्यो मेरो कमजोरी थियो गौरव । अनि म Australia पुगेपछि सन्सार नै यहि हो मलाइ यो शहर , यो सुख बाहेक केहि चाहिदैन जस्तो सोच्थे तर मान्छेलाइ भौतिक सुख ले मात्र पुग्दो रहेनछ । प्रेम चाहिदो रैछ , जिन्दगी जिउनलाइ । म गएपछि त्यो paper marriage गरेको मान्छेले हर चिजको शोषण गर्न थाल्यो , मलाइ उ सङ्ग बस्दा लाग्थ्यो म जेलमा बसिरहेछु । प्रेम गर भनेर गरिने चिज होइन रहेछ । यो त आफै हुनु पर्दो रहेछ । म पलपल मर्दै थिए , मैले आफैले गरेको गल्तिको सजाए म आफै भोग्दै थिए । बिस्तारै उ सङ्ग छुट्टिने अवसरहरु खोज्न थाले । त्यहिबेला , म Europe को Erasmus Scholarship apply गर्दै थिए । Luckily मैले Scholarship पाए । अनि मैले उस्लाइ सम्बन्ध बिच्छेदको paper थमाइदिए र म स्पेन उडे । मैले Automotive Software Engineering मा Masters गरे । Masters पढ्दै गर्दा तिम्रो याद यति आउथ्यो कि मानौ ति याद्का इट्टाहरुले एउटा बिशाल शहर बन्ने थियो । तर त्यति हुदाहुदै पनि म तिम्लाइ call गर्न मेसेज गर्न असमर्थ हुन्थे । दिन बिते बर्ष बिते , सब बितेका पलहरु म तिम्लाइ नै सम्झेर बिताए । तिमी सङ्ग टाडिएपछि सम्झना भयो कि तिम्रो जरुरत । तिमी अक्सिजन जस्तै थियौ , हुदासम्म केहि गारो हुदैन । तिमी हुन छाडेपछि मर्न मात्र बाकि हुदैथियो । म तिम्लाइ त्यतिबेला चाहेर पनि सम्पर्क गर्न सकिन । मैले अब कुन मुख देखाएर तिम्रो अगाडी परु ? तिम्रा हरेक कुरा मैले प्रबेश र युगान्तर सङ्ग सम्पर्क गरेर बुझ्न थाले । मैले थाहा पाए की तिमी phD गर्न America गएका रहेछौ । त्यसपछि मैले पनि phD गर्न सुर कसे । मलाइ लाग्दैथ्यो , म phD सकेर मात्र मैले तिम्लाइ सम्पर्क गर्नेछु । म ५ बर्षका लागी स्पेनबाट फिनल्याण्ड हानिए । मेरो अगाडी Doctor त थपियो , तर म त मेरो नाम पछाडि तिम्रो थर थप्न चाहान्थे । मैले गरेको Decision ले म प्रत्येक दिन पिडामा थिए । यस्सो फर्केर हेर्दा १० बर्ष तिमीसङ्गै हुने चाहाना हुदाहुदै पनि म टाडिएर बिताएछु । म अब अझै तिमीसङ्ग टाढा भएर बस्न सक्दिन गौरव । तिमीले जहा भन्छौ जे भन्छौ मान्न तयार छु गौरव । प्लिज मलाइ माफ गरिदेउ । प्लिज ।

उस्ले यति भन्दासम्म मेरा आशुले परेली भिजाइसकेका थिए । म त उस्लाइ हेर्दाहेर्दै कति पटक आशु झरालेछु पत्तै भएन । मेरा हातले पहिले उस्का आशु पुछिदिए , त्यसपछि आफ्नो पुछे । जुन मासुमियत दश बर्ष अघि थियो उस्को आज पनि उस्तै भेटे मैले ।

“चादनी , जे हुनुथियो त्यो त भएरै छाड्छ कसैले रोकेर रोकिने चिज पनि होइन । म त हिजो पनि तिम्रै थिए, आज पनि तिम्रै छु र भोली पनि तिम्रै हुनेछु । अब जाउ तिम्रो बाबालाइ भनिदेउ मङ्सिरको १९ गते डा. गौरव तिवारी डा. चादनी आचार्यलाइ डा. चादनी आचार्य तिवारी बनाउन आउदैछ ।” यत्ति भनिसके पछि हामी cafe बाट बाहिर निस्कियौ । पार्किङसम्म जादा उस्ले मेरो हात समाइरहि ।उस्ले आफ्नो कार निकाली , मैले पनि आफ्नो कार निकाले र अन्तिम पटक flying kiss दिएर हामी आ आफ्नो घरतिर लाग्यौ ।

Categories