Gaurav Tiwari

An Enthusiastic Software Engineer

Posted by : at

Category : Literature

हन्हनि ज्वरो आइरहेका बेला बाबा आप खान मन लाग्यो मात्र के भनेको थिए , बाबाले सात गाउँ डुलेर दुइझोला आप ल्याइदिनु भएछ । बाबा आज वालिङ महोत्सब जाम न भन्ने बित्तिकै हात समायर काधमा हालेर बायखोला को खोला तारेझै अब म हजुरका दुखका खोलाहरु तार्न चाहान्छु बाबा । मैले के आप भनेको थिए , बोटभरिका आप ल्याइदिने बाबालाइ म खुसी र उमङ्गका फलहरु ल्याइदिन चाहान्छु बाबा । हरेक परिक्षामा डुम्रेभन्ज्याङको उकालो बाटोमा हात समाएर लाने मेरो बाबालाइ जिन्दगीका उकालाहरुमा बोकेरै लान सकु बाबा । मेरो मनमा खेलेका कुरा कसरी थाहा पाउनु हुन्थ्यो बाबा ? घुम्न जान मन लाग्दा सुटुक्क मम्मी सङ्ग लुकाएर स्कुटरको चाबी दिने हजुरलाइ जिन्दगी भरि सुखका चाबी दिन सकु बाबा । म जित्थे , म भन्दा धेरै खुसि हजुर हुनुहुन्थ्यो । म हार्थे , बाबा दुखि हुनुभन्दा नी हौसला दिनुहुन्थ्यो ।

भन्न त मान्छेहरु आमाहरुले जे पनि सहन्छन किनकी “नौ नौ महिना एउटै शरिरमा दुइवटा मुटु भएर होला “ भन्छन । तर परिवारको सबै भारी बाबाले एक्लै बोकेको कसैले देख्दारहेनछन । आमालाइ धर्ती भन्नेले बालाइ किन आकाश भन्दैनन ?

बिहान नौ बजेसम्म सुत्दापनि आमालाइ बाले भन्नुहुन्छ “ भो न उठा हिजो मेला जादा थाकेको छ “ भन्ने बाले आफु थाकेको चाहि बिर्सनुहुन्छ । बाबा , यत्रो ठुलो मन कहाबाट आउछ ? खेतबाट भारी ल्याउदै गर्दा , बिच बाटोमा आएपछि दुइ मुठा धान मेरो भारीमा थप्दे भन्नुहुन्थ्यो , के म हजुरका जिम्वेबारीको भारी बोक्न सकुला र?

जतिजति उमेरका भोटा फटालिदैछ , त्यतित्यति मन फाट्न र डराउन थालेको छ बाबा । म हजुरले चाहेको छोरो जस्तो छोरो बन्न नसकुला कि भनेर । सबैले भन्छन , आफ्नो मनले भनेको गर्नुपर्छ ! अनि बाबा आमाको मन ? उहाहरुको मन होइन ? छोरालाइ डाक्टर, इन्जिनियर बनाउन मन छ बाबालाइ भने , छोराले बाटो नसामात्दा कस्को बाबुको मन दुख्दैन होला र? जस्ले आफ्नो जीन्दगीका खुसि जति छोराछोरी को खुसिको लागी कुरवान गर्दिएको छ भने , उनीहरुले नै भनेको मानेनन भने चित्त कति दुख्ला ? यदि बालाइ छोरो इन्जिनियर भएको देख्न चाहानुहुन्छ तर तपाइलाइ पाइलट बन्न मन छ भने पहिले इन्जिनियर बन्नुस अनि पाइलट हुन जानुस ।

बाबा आज हजुरको जन्मदिन , लेख्दालेख्दै रातको १२:५२ भएछ । नेपथ्यमा “पापा केहेते हे बडा नाम करेगा , बेटा हमारा यैसा काम करेगा “ बजिरहेछ । कवि नवराज पराजुलिले भनेझै “ आज तपाइको जन्मदिन , के नै सक्छु र तपाइलाइ सम्झन बाहेक ? “ यस्तै भैरहेछ मलाइ । खुल्ला आखाले देखेका सारा सपना पुरा हुन । आफ्नो भन्दा अगाडि समाज र देशको बारेमा सोच्नुहुन्छ , यस्मा अझै उर्जा थपियोस । रोगले नछोवस , राम्रा कामले हृदय छोएको होस । मित्रुहरु दुबो झै हुन , शत्रुहरु काटेको कर्कलो झै हुन । बाबा , शत्रु त भगवान का पनि छन अझ हामी त मान्छे हौ हुने त भैहाले । तर ती झार हुन बाबा न रोप्न पर्छ न मार्न पर्छ , आफै उमरिन्छन अनि आफै मरेर जान्छन ।

मैले हरेक पटक फोन गर्दा ८०% त समाजकै निम्ति गरिरहेका काम , बैठकका सुचि , स्कुलका बिकाशका कुरा गर्दै सकिन्छ अनि २०% मा पारिवारिक कुरा । हजुरको समाजसेवीपनले अझै उचाइ छोएको हेर्न चाहान्छु ।

बैडाको खेतमा आलि लगाउदै गर्दा सर्पझै सिलिक्क लगाएझै जिन्दगी का मगसद पनि सिलिक्कै र सजिलै पुरा होस । साउने भेलमा मलाइ काधमा राखेर खोला तरेझै , जिन्दगिका सारा दुखका भेलहरु यसरि नै तर्नु है । त्यतिबेला मलाइ काधमा राख्नु भो , म तपाइलाइ पिठ्युमा राखेर तार्नेछु बाबा ।

बाबा , मैले लेखेका कुरा तपाइले internet surf गरेर हेर्नुहुन्न त्यसैले बिहानै call गरेर हजुरलाइ सुनाउनेछु । जन्मदिनको अनगिन्ति शुभकामना बाबा ।

Categories