Gaurav Tiwari

An Enthusiastic Software Engineer

Posted by : at

Category : Literature

धुम्रपान र मध्यपान स्वाथ्यका लागी हानीकारक छ ।

कागतिले माझेझै आकाश, टलक्क टल्केको हिमाल , कालो कालोपत्रे रोडमा गुडिरहेका म भन्दा जेठा गाडिहरु, त्यो कार्तिकको तेस्रो साता! बिहानै उठे , फ्रेस भए , कालो पेन्ट सङ्ग सेतो कमिज भिरे अनि बाहिरवाट कालो कोट लगाएर निस्के, bachelor level को orientation hotel annapurna मा!

मनमा त्रीशुलीको बहाव झै आइरहेका थिए , बिचारहरुका छाल हरु । कस्तो हुने हो पढाइ? कस्ता भेटिने हुन साथी ? इन्जिनियरिङ मा केटि हुन्न भन्छन , हुन्छन कि हुदैनन होला? भए कस्ता होलान? मनमा यस्ता हजारौ प्रश्नहरुले डेरा जमाइरहेका थिए!

होटेल annapurna को ठुलो hall भित्र सयौ student थिए , सरहरु पनि धेरै नै थिए, पुरै ग्यानले खारिएका !

हलभित्र आखा डुलाए , isc सङै गरेका साथी प्रवेश र युगान्तर हलको कुनापट्टि टेवलमा बसिरहेका थिए । म पनि त्यहि गएर मिसिए । रक्सीमा पानी मिसिएझै!

“हुनेवाला इन्जिनिएरहरुलाइ स्वागत छ, पुल्चोक क्याम्पसमा ! “ भन्दै बोल्न सुरु गरे क्याम्पस चिफ हरि अधिकारी। तिमिहरुले यस्तो गर्ने यस्तो नगर्ने ! भनेर नियमका सुचिहरु एकएक भन्दै थिए । हरि सरको नियम को सुचि सकियो तर हलको पहिलो टेवलको पाचौ कुर्चिमा बसेकी सुन्दरी प्रतिको मेरो जिग्यासा सकिएकै थिएन ! सरहरुको instruction मा भन्दा मेरो ध्यान अर्कै कुरामा गैरहेको थियो । भोकाएको बच्चाले खाना खोजे झै मेरो मनले उस्को परिचय खोज्दै थियो ।

नाम के होला ? घर कहा होला ? कुन faculty होला? यि सब कुरा जान्न मन आतुर भैरहेको थियो! यत्तिकैमा connection build up game सुरु भयो । मनमनै उहि पर्दिए हुन्थ्यो नी भन्दै दिवासपना देखिरहेको थिए । तर अवसोच, मेरो सपना पुरा भएन । जस्लाइ मैले मन देखि मन पराएको थिए , उ चाहि मेरो साथी प्रवेश सङ्गै परि । एकछिन त खुव डाहा लाग्यो प्रवेश प्रति! तर मनमा चाही जे भएपनि नाम त थाहा पाइन्छ भन्ने कुराले हर्षित थियो मन । पहिले पालो मेरो आयो, मैले भने मेरो नाम गौरव तिवारी , घर स्याङ्जा । अनि उस्को पालो आयो परिचय भन्ने उस्ले सुरु गरि म चादनी आचार्य , घर झापा ।

कार्यक्रम औपचारिक रुपमा सकियो , भोलिबाटै कक्षा सन्चालन हुने जान्कारि सहित्। साथी प्रवेशको सहयोगमा , होटेलको lobby बाट निस्कदै गर्दा चादनी सङ्ग बोल्न सुरु गरे !

हाइ म गौरव !

हेल्लो मेरो नाम थाहा पाइसकेउ नि अघि है !

थाहा छैन भने भने

चादनि - मेरो नाम चादनी

तिमी कुन faculty?

चादनि- म computer अनि तिमी?

मन्मनै भगवानलाइ धन्यवाद दिए अनि भने म पनी computer !

चादनी -ए ! !

दरवार मार्ग बाट जमल आइसकेपछि प्रवेश र युगान्तर सङ्ग बिदा माग्दै थिए , चादनीले नै सोधिन तिमी कता जाने? मैले ङिच्च दात देखाएर धापासि भने ! उस्ले पनि मुस्कुराउदै म पनि त तेतै त होनी सङ्गै जाम भनिन , मलाइ के खोज्छस काना आखो भनेझै भो!

माइक्रो आयो , तर एकदमै भिड , भिड नै भएपनि चडियो । केहि नबोलि धापासी पुगियो । साथीहरुले नेपालमा पढ्ने बातावरण नै छैन भन्थे तर मलाइ नेपालमा प्रेम गर्ने बातावरण पनि छैन जस्तो लाग्दै थियो । गाडिबाट ओर्लेपछि चाइ अलिअलि कुरा हुन थाल्यो । उस्ले भनि कि उस्को घर grande hospital नजिकै रैछ । भोलि सङै जाम है! मैले नै प्रस्ताव अगि बढाए , उस्ले मेरो प्रस्ताव लाइ एकल इजलासले स्विकार गर्दिइ।

अनि मैले कसरि भेट्ने ? भने

उस्ले पेन निकालेर मेरो हातमा नम्वर लेखिदिइ ।

लाग्यो , उस्ले मेरो हातमा नम्वर हैन मनमा उस्कै नाम लेखिदिए जस्तो लाग्यो ।

उस्लाइ grande नेर छाडेर आफ्नो डेरा फर्किए । सधै खाना पकाउन अल्छि लाग्थ्यो तर त्यो दिन जागर लगाएर खाना पकाए । उस्लाइ फोन गर्न भोली सम्म कुर्नै सकिन अनि फोन हाने ।

हेल्लो

हाइ, खाना खायौ?

अ खाए अनि तिम्ले?

अ मैले नि खाए ।

good night भोलि भेटम्ला मैले भने

हुन्छ , same to you भन्दै उस्ले फोन राखी । कलेजको पहिलो दिन, बिहान कल गर्दै भनि , अझै उठ्या छैनौ? उठिसके , grande hospital नेर आउ, मैले भने हामी धापासी बाट बसुन्धरा हिड्दै आयौ र साझा बस चडेउ । कलेजको पहिलो दिन , हामी दुबै जना कोठाभित्र छिरेउ , क्लास पुरै भरिभराउ थियो बस्ने कुनै ठाउनै थिएन , साथीहरु प्रवेश र युगान्तर पहिल्यै आएर अगाडि बसेका रहेछन ।

चादनी र म लास्ट बेन्चमा गएर बस्यौ , यो हाम्रो बाध्यता अनि मेरो चाहाना थियो । थाहा छैन , चादनिको चाहाना के थियो ? मेरो ध्यान class मा भन्दा धेरै चादनी प्रति थियो । भनिन्छ नी मन पराएका मान्छेले जे गरे पनि राम्रो लाग्छ त्यस्तै उस्ले भनेका उस्ले गरेका हरेक चिज राम्रा लाग्न थालेको छ । class सकियो अनि मौका पाउदा साथीहरुले जिस्काउन थालिहाले । म भने मनमनै रमाइरहेको थिए । त्यो दिनको class सकेर घर तिर लाग्यौ हामी । दिनहरु बित्दै गए , उ सङ्गको सम्बन्ध नि बढ्दै थियो। उ मेरो लागी नशा जस्तै भैसकेकी थिइ , एउटा मिठो लत जस्तै भैसकेकी थिइ । जसरी गाजा खाएको मान्छेले खालि सोचिरहन्छ , म पनि खाली तिम्लाइ नै सोच्ने भैरहेको थिए । मङ्सिरको अन्तिम दिन , मेरो जन्मदिन मैले त बिर्सिसकेको थिए , राती 12 बजे नै फोन गरेर happy birthday gaurav भनी । निद्रै निद्रामा Thank you भने । बिहानै कलेज जादा उसैले आज तिम्रो special दिन celebrate गर्न पर्छ भनि । मैले हुन्छ भन्दिए । त्यहि दिन साझ हामी दुबै जना trisara जाने निधो गर्यौ । सेतो छालामा कालो टाइट one piece , ओठ्मा रातो लिपिस्टिक आखामा कालो गाजल लगाएर परि भन्दा राम्री भएर आएकि थिइ उ ! सायद उस्को नाम राख्ने मान्छेले जानेन जस्तो लाग्दै थियो मलाइ किनकि उ चादनि भन्दा कैयौ गुना राम्री भएर आएकि थिइ! हामी धापासीबाट दरवारमार्ग trisara ma गयौ जाने बित्तिकै उस्ले cake order गरि , त्यसपछि मैले केक काटे , नेपथ्यमा happy birthday song बजिरहेको थियो । club मा भएका सबै जनाले उठेर एउटै स्वरमा happy birthday भन्दा साच्चि आनन्द आइरहेथ्यो । के खाने? मैले उस्लाइ सोधे उस्ले wine खाने भनि ! म अचम्ममा परे र भने बाहुनले रक्सि? उस्ले भनि बोतलमा कतै बाहुनले खान हुन्न भनेर लेख्या छ र ? उस्को यो कुरामा म पनि सहमत भए । सुरुमा त wine खाइयो , त्यसपछि उस्ले JD खाने भनि । त्यसपछि त के खुसि कितावमा भनेझै “ पहिलो पेग पानीसङग , दोस्रो पेग पानीबिना र तेस्रोपछि पानी सरह पिए “ । त्यसपछि कहि न आएको आट आयो र चिच्याउदै भने म तिम्लाइ प्रेम गर्छु चादनी तिमी बिनाको जीन्दगि कल्पना पनि गर्न सक्दिन । तिमी बिना मर्छु त भन्दिन तर म बाचेको पनि कुनै सार हुने छैन । तिमी मेरो लागी म भन्दा नि प्यारो छौ । सन्सारलाइ उज्यालो गराउने तिम्रो नामले मेरो जीवनमा पनि उज्यालो गराइदेउ न प्लिज । उस्ले उठेर चिच्याएर i love you too gaurav भनी र ग्वाम्लाङ्ग अङालो हाली । सबै जना उठेर ताली पिटे ।साच्चिकै रक्सि साथि भएको थियो जस्ले मलाइ र उस्लाइ नजिक बनाइदियो। राती अबेरसम्म अङालोमा बेरिदै घण्टौ कुरा गर्यौ हाम्ले । करिव 12 बजेतिर मैले उस्लाइ छाड्दिए उस्को घर नेर अनि म डेरामा आएर सुते प्रेम हावा जस्तै रहेछ , देख्न सकिदैन तर महसुस गर्न सकिन्छ ।
दिनहरु यस्तरी बित्दै गैरहेथेकी मानौ पहाडको खोच बाट बेसीमा बगेको खोला जस्तो । उस्को साथमा मैले सन्सार भुले । कुनै बेला त म आफै लाइ नि भुले ।भुल्दाभुल्दै भुल्न नसकिनि exam आयो! सायद engineering एउटा दिक्क लाग्ने भनेको ६/६ महिनाको exam हो ।लाग्थ्यो घरबाट पैसा भन्दा छिटो यता exam आउछ । जीन्दगी हासी खुसी नै चल्दै थ्यो त्यसपछि exam आयो । चादनीले जानेका हरेक कुरा मलाइ सिकाउथि अनि मैले जानेका हरेक कुरा म उस्लाइ सिकाउथे । notes सिलेबस question भन्दाभन्दै exam सकियो । र फेरि शिशिरबाट बसन्त आए झै अनुभव हुदै थ्यो । उस्ले प्रस्ताव राखी , घुम्न जाउ न भोली अनि मैले हुन्छ भने । हामी नगरकोट जाने निधो गरेउ । बिहानै बसुन्धरा बाट बस चडेर हामी नगरकोट पुगेउ । चैतको अन्तिम साता लालिगुरासले बन पुरै रातै भएको थ्यो । हामी प्रेमको यति गहिराइमा पुगेउ कि बाहिर निस्कन असम्भव जस्तै लागिरहेथ्यो । हाम्रो प्रेम थर्मोमिटरमा पारो उक्लिएझै उक्लिरहेथ्यो । थाहा थिएन गन्तव्य कहा हो तर हामी प्रेमको यात्रामा हिडिरहेथ्यौ । उस्ले मुस्कुराउदा मैले सन्सार जित्ने भै सकेको थिए । लाग्दै थ्यो मेरो मुटुमा उस्ले प्रेमको प्रोग्रामिङ गरिदिएकि थिइ । त्यो दिन हामी मिस्टिक माउन्टेन होटलमा बस्ने निधो गरेउ । अल्कोहल नलिएको पनि धेरै भैसकेको थियो , हामीले त्यो दिन बिएर खाने निधो गरेउ । रक्सिको मातमा जवानिको उन्मात चड्दै थियो त्यसमाथि उस्को उपस्थिति । हामी दुबैले दुबैलाइ मन दिएका थियौ , आज शरिर पनि समर्पण गरिदियौ । उस्ले आफुलाइ पुरै म मा छोडिदिएकि थिइ । उस्को शरिर एउटा महान मुर्तिकारले बर्षौ लगाएर बनाएको देबिको मुर्ति जस्तै थियो । हामी एक अर्कामा पुरै बिलिन भएझै । हामी यसरि मिलेका थियौ कि मिल्न बाकी कुनै ठाउनै थिएन । त्यो रात यति छिटो गयो मानौ बिजुलिको रफ्तार सरि । साझ तिर हामी घर फर्कियौ , मैले उस्लाइ grande निर छाडेर घर फर्किए । दुइ दिनको पललाइ कैद गर्न उस्ले खिचिदिएको फोटो राखे caption पनि लेखे “मनले मन पराएपछि , उस्को प्रेममा कैदि हुदैछ मन” र लास्टमा फोटो क्रेडिट : पछि भनुम्ला भनेर फोटो अप्लोड गरिदिए । उस्को सामिप्यमा दिन बिते महिना बिते बर्ष बितेछ , उ सङ्ग भेटिएको आज ४ बर्ष बितेछ । 4 बर्ष 48 महिना

1440 दिन

34560 घण्टा

20,73,600 मिनेट

12,44,16,000 सेकेण्ड म उस्कै भएर बिताएछु ।

उस्को र मेरो आज चौथो anniversary । बिहेको होइन प्रेमको चौथो anniversary । हाम्रो प्रेमिल जिन्दगिको चार बर्ष , मलाइ भने यो चार बर्ष होइन चार दिन लागीरहेछ ।

हाम्रो चौथो anniversary अनि आठौ सेमेष्टर सकेको उपलक्ष्यमा हामी celebrate गर्न पोखरा जाने भयौ । पोखरा, एक प्रेमिल शहर अनि प्रेम गर्नेहरुको शहर , सुन्दा नै मनमा आहा लाग्ने शहर ।

बिहानै यति एयरलाइन्सबाट हामी पोखराका लागी उडेउ । उस्को साथमा बादलका भुल्काहरु सङ्गै लुकामारी खेल्दै हामी पोखरा पुगेउ । हामी त्यो दिन पोखरा घुमेउ र भोली पल्टै काठमाडौं फिर्यौ ।

सायद मैले जीवनमा मायाकी सागर भेटाएको थिए जस्ले मलाइ बाच्न र हास्न सिकाइरहेकी थिइ ।

माघ महिनाको जाडोले पुरै कठाङ्ग्रीरहेको थियो काठमाडौं । चादनीसङ्ग कुरा नभएको २ दिन भएको थियो । सायद यहि नै सबैभन्दा लामो समय थियो हामी नबोलेका । किनकी , उ झापा गएकी थिइ त्यसैले बोल्न मिलेन होला भनेर मैले मेरो मनलाइ सम्झाए ।

पाचौ दिन , उस्ले फोन गरि मैले आफ्नै ठानेर किन फोन नगरेकी भनेर सम्झाए । उस्ले भेटेरै भन्छु नि गौरव ग्राण्डि नेर आउ भनी । म ३ दिन देखि भोको मान्छेले खाना भेट्टाएझै गरि दौडिए । ग्राण्डि नेरको The Lovebirds Cafe मा हामी बसेउ । मैले कफि मगाए अनि उस्ले हट लेमन मागाइ ।

हट लेमनको चुस्कि लिदै उस्ले भन्न सुरु गरि , “ यात्रा भनेकै छुटिनु भेटिनु रहेछ , जिन्दगी एउटा नदि रहेछ , हामी डुङ्गामा सवार यात्री रहेछौ र सम्झ हाम्रो प्रेमको डुङ्गा डुब्नै लागेको छ । घरमा थाहा पाउनुभएछ, म तिमीलाइ रोजेर परिवार सङ्ग स्वार्थी बन्न सक्दिन गौरव । म तिमीसङ्ग हुदा खुसी हुन्छु तर म आफु खुसी भएर अरुलाइ रुवाउन चाहान्न । “ यति भनेर उ सरासर गै , म बोल्न खोल्दै थिए आशुले मेरा शब्दहरु नै रोकिदिए ।

म रोए कराए हजार पटक फोन गरे , आएन केहि पनि , सायद म मरुभुमीमा पानी खोज्दै थिए । फेसबुकमा ब्लक गरिछ , फोन नम्बर चेन्ज गरिछ । अति नै भयो भनेर म तेस्रो दिन उस्कै घर गए , गएपछि थाहा पाए कि उ त हिजो नै अस्ट्रेलिया उडिछ । म माथि आकाश खसेजस्तो भो , सयौ सर्पले एकैपटक डसेजस्तो भो । आखाबाट आशु नै आउन छाडेको थियो , रक्सि यति धेरै भैसकेको थियो कि शरिरमा रगत होइन रक्सि धेरै छ । चुरोट कहिल्ल्यै नपिउने मान्छेले यति चुरोट पिउन थालेको छु कि गन्ति नै भएन । लागिरहेछ , फोक्सोमा अक्सिजन होइन धुवा धेरै छ ।

मर्न मन लागीरहेछ तर सुसाइट नोट लेख्ने नि तागत छैन म सङ्ग । तिमी चादनी थियौ र मलाइ अहिले दिउसो पनि औशिको रात लागीरहेछ । मेरा साथी नारायण गोपालका गीत भएका छन ‘सपना भुलाइ सारा आशु दिएर जाउ मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाउ । ‘

मन बिरक्तिएको बेला फेसबुकमा स्टाटस लेखे :

तिमी छौ र पो मछु भन्नेलाइ

आफुलाइ भन्दा धेरै माया गर्छु भन्नेलाइ

के भनु ? भन्ने कुनै शब्द नै छैनन

तिमी सङ्गै बाच्छु अनि मर्छु भन्नेलाइ ।

प्रीय चादनी ,

              मैले कहानेर गल्ति गरे ? कारण के थियो होला ?  के ती सबै रङ्गिन सपनाहरु झुटा थिए ?  तिमीलाइ त हामी सात जुनि सम्म सङ्गै हुने भनेर मन्दिरमा खाएका कसम पनि  याद छैनन होला । अचेल ,  म हरेक पटक  भगवान् लाइ सम्झदा म मेरो  आफ्नै मृत्यु माग्दैछु । के यसैका लागी प्रेम गरेका थियौ र हामीहरुले ? म मर्न खोज्दाखोज्दै मरे भने ,  मलामीमा लास हेर्न आउनु है ,  मरिन भने सास हेर्न आउनु है !  अलबिदा ।
Categories