
हेर्दाहेर्दै सेतो हिमाल रङ्गहीन पानीमा परिणत हुन्छ, पानी खोलामा परिणत हुन्छ, खोला नदिमा परिणत हुन्छ अनि नदि सागरको रुपमा बदलिन्छ्। त्यस्तै राम्रो सङ्ग बोल्न पनि नजान्ने बच्चालाइ कालान्तरमा एक बिद्वानको हैसियत प्रदान गरेको छ जनहित ले। एउटा अ्मुर्त ढुङ्गालाइ मुर्तिको स्वरुप प्रदान गरेको छ जनहितले! जबसम्म खानिबाट हिरा र समुन्द्रको गहिराइको सिपिबाट मोति निकालिदैन तबसम्म ति मुल्यहीन बस्तु हुन्छन जब तिनिहरुलाइ बाहिर निकालिन्छ ति बहुमुल्य मणि बन्दछन त्यस्तै जनहितको हात समाएर अन्धकारको गहिराइबाट ज्ञान को उज्यालो धरातलमा हामी सयौ ज्ञान का भोका मान्छेहरु आएका छौ।
क बाट सुरुवात भएको जनहितको यात्रा न्युटनका नियम, बीजगणितका हिसाब, ज्यामितिका साध्य , कबि सिरोमणि लेखनाथ पौड्यालका कविता, बि पि का कथा द्वितीय विश्वयुद्धका डोबहरु, स्मिथको अर्थशास्त्रीक परिभाषा हुदै दशबर्षे जनहितको यात्रा सकियो तर मुटुमा रगतको बहाब नसकिए झै यो मनमा जनहितको प्रेम अविराम बहिरहेछ्। हामि अहिले जहा छौ, जे छौ सबै जनहितका देन हौ। हामी मध्ये कोहि आइटि इन्जिनियर छौ, कोहि कृषि वैज्ञानिक छौ, कोहि अन्तराष्ट्रीय विश्वविद्यालय का प्रोफेसर छौ, कोहि नर्स छौ, कोहि बैङ्क तथा बित्तिय सस्थाका प्रबन्धक छौ, कोहि ब्यापारी छौ, कोहि राजनितिका कुशल खेलाडी छौ। सुर्योदयको देश देखि मध्यरातमा सुर्य अस्ताउने देशसम्म छौ र जहा छौ विध्यालयका गहना बन्न पाउदा गर्व गर्छौ। कोषकोष मिलेर नै शरिर बन्छ, त्यस्तै हामी सबै मिलेर सिङ्गो जनहित जनहित बनेको छ्। अनि म भाग्यमानि ठान्दछु जनहितको सानो कोष हुन पाएकोमा।
पचास वर्षे जनहितको यात्रा अनन्तसम्म बढिरहोस । जनहितको जीवनमा शिशिर हैन वसन्तका पल्लवी हरु पलाइरहुन्।जनहितको काखमा दिएका सबै सुनका टुक्राहरुलाइ सुन्दर गहना गुरुहरुले बनाइदिनुहुनेछ जसले देशको मुहारमा समृध्दि को कान्ति छाओस। ज्ञान का खालि घैलाहरु लियर आएका सबै ज्ञान का प्यासिहरुलाइ ज्ञान को अ्मृतले भरिदियोस जनहितले । स्केलले सिधा रेखा तान्न मात्र हैन अनुशाशनका र नैतिकताका सिधा पाठ पनि सिकाओस । जीन्दगिमा घोकेर हैन भोगेर सिकिन्छ भन्ने जीवनको मर्मलाइ पाठ्यक्रममा उतारोस्।
जय देश जय जनहित